म्यान्चेस्टर सिटीले यसरी मनायो जितको खुशी

खुशीयाली मनाउन झण्डै एक लाख समर्थक

 जेठ १, २०७५ मंगलबार १२:१६:३८ | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

manchester city victory

जेठ १ – इङलिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले समर्थक माझ ट्रफी भिक्ट्री परेड गरेको छ । 

खुशीयाली मनाउन झण्डै एक लाख समर्थक उपस्थित भएका थिए । भिक्टोरिया स्ट्रिट हुँदै अघि बढेको परेड म्यानचेस्टर सिटी सेन्टरमा गएर विषेश कार्यक्रममा परिणत भएको थियो । ओपन टप बसमा रहेका सिटीका खेलाडीले  लिग कपको उपाधि पनि सार्वजनिक गरेका थिए ।

शानदार खेल प्रदर्शन गर्दै सिजनको सुखद अन्त्य गरेको सिटीले शहरी प्रतिद्धन्दी म्यानचेस्टर युनाइटेडलाइ १९ अंक्ले पछि पार्दै लिग उपाधि जितेको थियो । साथै सिटीले  लिगमा एक सय अंक जोड्ने पहिलो टिमको किर्तिमानसमेत बनाएको थियो ।  समर्थकलाई सम्बोधन गर्दै प्रशिक्षक पेप ग्वार्डिवालाले, अर्को सिजनको बारेमा सोच्नु भन्दा वर्तमानमा प्राप्त गरेको सफलताको आनन्द उठाउन आग्रह गरे । अब विश्वकपको मज्जा लिने उनको भनाई थियो ।

कप्तान भिन्सेन्ट कोम्पनीले अद्भुत सिजन भएको भन्दै सबै समर्थकलाई धन्यवाद दिए ।  सिजनको अन्त्यसँगै क्लब छोड्ने निर्णय गरेका याया टुर्रे फ्यानले आफ्नो नाम लिएर चियर अप गर्दा स्टेजमा रहेका उनी निकै भावुक बनेका थिए । सिटीले लिगको पाँच खेल अगावै उपाधि जितेको थियो । सिटीले लिग कपको फाइनलमा आर्सनललाइ पराजित गरेको थियो ।

अन्तिम अपडेट: चैत १५, २०८०

उपेन्द्रराज पाण्डेय

उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया