कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
मकवानपुर - राष्ट्रिय औद्योगिक व्यापार मेलाका लागि रिद्धि सिद्धि सिमेन्ट उद्योगले हेटौंडा बजारबाट मेला स्थल हेटौंडा ५ क्याम्पा डाँडासम्म नि:शुल्क ओसार पसार गर्ने भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको मेलासम्बन्धमा मंगलबार पत्रकार सम्मेलन गर्दै उद्योगले राष्ट्रिय औद्योगिक व्यापार मेलामा सहभागी हुन पाउँदा खुसी लागेको उद्योग क्षेत्रीय बिक्री प्रबन्धक विक्रम खतिवडाले बताउनुभयो ।
करिक ५ लाख अवलोकनकर्ता अपेक्षा गरिएको मेलाको लागि रिद्धि सिद्धि सिमेन्टको तर्फबाट ३ वटा निशुल्क बस सञ्चालन गरिने बताइएको छ । फाल्गुन १६ देखि सञ्चालन हुने मेलाका लागि हेटौंडा बजारको जिल्ला प्रहरी कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघको चोक र सीमाचोक, शितल महलचोकबाट बस सेवा हुने खतिवडाले बताउनुभयाे ।