योजना आयोग भन्छ : यो वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत मात्रै हुने देखियो

 फागुन १५, २०७५ बुधबार ११:२०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय योजना आयोगले यो वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा मात्रै सीमित हुने बताएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । 

यस्तै राष्ट्रिय योजना आयोगले ७ दशमलव ९ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको थियो । तर सरकारका आर्थिक सूचकांक हेर्दा यो वर्ष ७ प्रतिशतको हाराहारीमा मात्रै आर्थिक वृद्धि हुने देखिएको आयोगले जनाएको छ । 

‘यो आर्थिक वर्षमा ७ प्रतिशत वा ७ दशमलव १/२ प्रतिशत मात्रै आर्थिक बृद्धिदर हुने तथ्यांकहरु आइरहेका छन्, ८ प्रतिशत वृद्धि हुने देखिन्न’ योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. पुष्पराज कँडेलले उज्यालो अनलाइनसँग भन्नुभयो । 

सरकारले ८ प्रतिशतको लक्ष्य राखेकोमा ७ प्रतिशतको हाराहारीमा विकास हुनु पनि धेरै राम्रो भएको उहाँको भनाई छ । 

‘हामीले गएका २ वटा आर्थिक वर्षमा लगभग साढे ६ प्रतिशत आर्थिक वृद्धि गर्न सफल भयौं, अहिले ७ प्रतिशत भयो भने पनि राम्रै मान्नुपर्छ’ उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया