धनुषामा बसलाई ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते

 फागुन १५, २०७५ बुधबार १२:४३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको ढल्केबरमा मालबाहक ट्रकले यात्रुबाहक बसलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ भने एकदर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।

ज्यान गुमाउनेमा बसका यात्रु धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ नक्टाझिजकी शुभकला मण्डल र भारत मोतिहारीका २५ वर्षीय उदेश ठाकुर रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जानाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका एकदर्जनभन्दा बढी घाइतेहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

काकरभिट्टाबाट पश्चिम जाँदै गरेको ना ५ ख ४९६ नम्बरको बसलाई  विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ९४९६ नम्बरको मालवाहक ट्रकले ढल्केबारचोकमा राति २ बजे ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र मृतक दुवैजनाको शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालामा राखिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया