पीएसएलमा सन्दीपकाे शानदार बलिङ : १० रन दिएर लिए ४ विकेट

 फागुन १५, २०७५ बुधबार १८:४६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली युवा खेलाडी सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलमा आफ्नो दबदबा कायमै राखेका छन् । टिमको छैटौं तथा आफ्नाे तेस्रो खेलमा महत्वपूर्ण चार विकेट हात पारे । उनले जम्मा १० रन खर्चिएर उक्त सफलता हात पारेका हुन् ।

सन्दीपले सुरुवाति टप अर्डर ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाएका हुन् । आज सन्दीपबाट सेन वाट्सन, रिले रुसो, उमर अकमल र डेनिस अजिजलाई पेभेलियनको बाटो देखाए ।

टस जितेर पहिले फिल्डिङ गरेको सन्दीपको टिम लाहोर कलन्दर्सलाई पहिलो सफलता दिलाउने क्रममा क्वेटा ग्लाडियर्टसका शेन वाट्सनलाई आउट गरेका थिए ।

७ रन बनाएर खेलेका वाट्सन सन्दीपको बलमा एलबीडब्ल्यू आउट भए । चौथो ओभरको चौथो बलमा एलबीडब्ल्यूको अपिल गर्दा रिभ्यू लिएपछि आउट हुन पुगे ।

दोस्रो विकेटको रुपमा सन्दीपले छैटौं ओभरको पहिलो बलमा रिले रुसोलाई आउट गरे । ८ रन बनाएका रुसोलाई डेभिड विसको हातबाट क्याच गराएका थिए । तेस्रो विकेट सन्दीपले त्यही ओभरको अन्तिम बलमा हात पारे । १ रन बनाएका उमर अकमललाई चाैथाे विकेटका रुपमा सन्दीपले आउट गरेका हुन् ।

आठौं ओभरको तेस्रो बलमा डेनिस अजिजलाई आउट गर्दै व्यक्तिगत र टिमका लागि चौथो विकेट लिन सफल भए । सन्दीपले आज किफायति बलिङ गर्दै महत्वपूर्ण ४ विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Janak Raj Ojha

    Feb. 27, 2019, 6:59 p.m.

    It's great and Positive news to us as being a Nepalese.

  •  0 Reply

तपाईको प्रतिक्रिया