विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि गुमायौँ : नेकपा

 फागुन १५, २०७५ बुधबार १९:५२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी नेकपाले हेलिकप्टर दुर्घटनाबाट योग्य र विकासप्रति समर्पित जनप्रतिनिधि गुमाउनु परेको भन्दै पार्टी स्तब्ध बनेको जनाएको छ । 

विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि दुर्घटनामा गुमाएको भन्दै यसले देशलाई अपूरणीय क्षति पुगेको पनि नेकपाले जनाएको छ । 

दुर्घटनामा निजी क्षेत्रबाट देशको विकासमा समर्पित पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकप्टर चालक गरी सात जनाको निधनप्रति नेकपाले विज्ञप्ति निकाल्दै श्रद्धान्जली व्यक्त गरेको हो ।  

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएकाे विज्ञप्तिमा मृतक परिवारप्रति समवेदनासमेत व्यक्त गरिएको छ ।  

ताप्लेजुङमा भएकाे हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभाेया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र  क्याप्टेन प्रभाकर केसीको निधन भएको थियाे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया