राष्ट्रले ठूलो क्षति बेहोर्नुपर्‍यो : मुख्यमन्त्री राई

 फागुन १५, २०७५ बुधबार १९:५३:५६ | सुमन तिमल्सिना
unn.prixa.net

दुर्घटनाग्रस्त हेलिकप्टर

मोरङ – ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा प्रदेश एक सरकारले शोक विज्ञप्ति सार्वजनिक गरेको छ । 

एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले ताप्लेजुङको सिस्ने भिरको दारे ढुङ्गामा आज दिउँसो  भएको एयर डाइनेस्टीको ९ एन एमआई कल साइनको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले जीवन गुमाएको घटनाले प्रदेश सरकार स्तब्ध भएको बताउनु भएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी जीवन हुँदै संगठन र संघर्षबाट अगाडि बढ्नुभएका अत्यन्त जुझारु युवा नेता अधिकारीसहित हेलिकप्टरमा सवार सबै यात्रुको निधनले प्रदेश सरकार मर्माहत भएको छ । यो दुर्घटनाबाट राष्ट्रले ठूलो क्षति बेहोर्नु परेको छ । दुर्घटनामा निधन भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’


 

अन्तिम अपडेट: बैशाख १, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया