ऐसेलुखर्क गाउँपालिकाले गर्‍यो गाउँ प्रहरी भर्ना

 फागुन १५, २०७५ बुधबार २०:४२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाले गाउँ प्रहरी भर्ना गरेको छ । 

स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएअनुसार गाउँ प्रहरीको व्यवस्था गरी शान्ति सुव्यवस्था र अमनचयन कायम गर्दै नीति नियमलाई प्रभावकारी कार्यान्यवनका लागि गाउँ प्रहरी भर्ना गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । ऐसेलुखर्क गाउँपालिकाले जिल्लामै पहिलोपल्ट गाउँ प्रहरी भर्ना गरेको हो । 

दैनिक कार्य सम्पादनका क्रममा परिचालन गर्नेगरी भर्ना भएका गाउँ प्रहरीलाई बुधबार नियुक्ति दिएर ड्यूटीमा खटाइएको छ । 

कालो टोपी, सेटो सर्ट, निलो पाइन्ट र कम्मरमा खुकुरी भिरेका गाउँ प्रहरीलाई सपथ खुवाएर लगत्तै कार्यक्षेत्रमा खटाइएको गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो । गाउँ प्रहरीका लागि गाउँपालिकाभित्रका १७ जनाको आवेदन परेको थियो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया