रियल मड्रिडलाई हराउँदै बार्सिलोना कोपा डेल रेको फाइलनमा

 फागुन १६, २०७५ बिहिबार ६:४८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

रियल मड्रिडलाइ हराउँदै बार्सिलोना कोपा  डेल रेको फाइलनमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगको खेलमा बार्सिलोनाले रियललाई तीन शून्यले हरायो । जसका कारण बार्सिलोना समग्रमा चार एकको जित निकाल्दै फाइनलमा प्रवेश गर्‍याे ।

बार्सिलोनाको मैदानमा भएको पहिलो लेग एक एक गोलको बराबरी भएको खेलको दोस्रो लेग रियलको मैदानमा भएको थियो । जसमा घरेलु दर्शकमाझ रियल तीन शून्यले हार्न पुग्यो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५० औं मिनेटमा डिम्बेलेको पासमा लुइस स्वारेले टिमका लागि पहिलो गोल गरे । त्यसपछि ६९ औं मिनेटमा रियलका भारानेले आफ्नै पोष्टमा गोल गरेपछि उपहार गोल मार्फत बार्सिलोनाले अग्रता दोब्बर बनायो । 

त्यसपछि ७३ औं मिनेटमा फेरि स्वारेजले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । जसका कारण रियल सेमिफाइनलबाट बाहिरिन पुग्यो । अब उपाधिका लागि बार्सिलोनाले भ्यालेन्सिया र रियल बेटिसबीचको बिजेतासँग खेल्नेछ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया