हेलिकप्टर दुर्घटना : बाँकी तीन शव उद्धारको तयारी, मौसममा केही सुधार

 फागुन १६, २०७५ बिहिबार ७:२:२१ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव आज काठमाण्डौ पठाइने भएको छ । दुर्घटनास्थलबाट चारवटा शव हिजो बेलुका सुकेटार विमानस्थलमा ल्याइएको छ । 

बाँकी तीनवटा शव आज दुघर्टनास्थलबाट सुकेटार ल्याउने र त्यहीँबाट हेलिकोप्टरमार्फत काठमाण्डौ पठाउने तयारी रहेको ताप्लेजुङ्गका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । उहाँ नेतृत्वमा ५० जना सुरक्षाकर्मीको टोली हिजोदेखि नै घटनास्थलमा खटिएको छ । 

मौसम हिजोभन्दा केही सुधार भएकाले आज शव पठाउन सकिने विश्वास गरिएको डीएसपी थापाले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया