मन्त्री अधिकारीको निधनमा आज राष्ट्रिय शोक, सार्वजनिक बिदा

 फागुन १६, २०७५ बिहिबार ७:३६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

बुधबार बेलुका आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले बिहीबार देशका सबै सरकारी कार्यालय र विदेशमा रहेको दूतावास तथा महावाणिज्य दूतावासको कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको हो ।

मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार ७ जनाकै मृत्यु भएको छ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया