मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाण्डौ ल्याइँदै

 फागुन १६, २०७५ बिहिबार ९:१३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ताप्लेजुङ्गको तारेभीरमा हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव केहीबेरमा काठमाण्डौ ल्याइँदैछ ।

दुर्घटनास्थलबाट सुकेटार विमानस्थलमा पुर्याइएका शव हेलिकोप्टरबाट काठमाण्डौ ल्याएर र त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने पर्यटन मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले जानकारी दिनुभयो । पोष्टमार्टमपछि आजै अन्त्यष्टि गर्ने तयारी छ । 

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अत्येष्टि काठमाण्डौ गर्ने कि पोखरामा भन्ने अझै टुंगो लागेको छैन । उहाँका बुवाआमा र परिवारले पोखरामै अत्येष्टि गर्ने इच्छा व्यक्त गरेका छन् । 

सरकारले स्वर्गीय मन्त्री अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तथा आज राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । 
    
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया