चेल्सीले टोटनह्यामलाई हरायो

 फागुन १६, २०७५ बिहिबार १०:२८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

पछिल्लोपटक  खेलाडी र प्रशिक्षक गतिविधि तथा म्यानचेस्टर सिटीसँग आधा दर्जन गोल खाएर आलोचना खेपिरहेको चेल्सीले प्रिमियर लिगमा टोटनह्यामसँग दुई शून्यको जित निकाल्दै राहत महसुस गरेको छ ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको जितमा पेद्रोले एक गोल गर्दा एक गोल उपहार पायो । कारबाओ कपको फाइनलमा प्रशिक्षक सारीले रिप्लेस गर्न खोज्दा अटेर गरेपछि आलोचना खेपेका गोलकिपर कीपालाई बेन्चमा राखेको चेल्सीलले पहिलो हाफ भने गोलरहित बराबरी खेलेको थियो ।

५७ औं मिनेटमा पेद्रोले गोल गर्दै घरेलु दर्शक माझा चेल्सीलाई एक शुन्यको अग्रता दिलाए । त्यसपछि ८४ औं मिनेटमा किरन ट्रिपेरले आत्मघाती गोल गरेपनि टोटनहम दुई शून्यले पछि पर्‍याे । त्यसपछि पाहुना टिम टोनहम खेलमा फर्कन सकेन र लिगमा आठौं हार ब्यहोर्‍याे ।

यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई तीन एकले हरायो । उसको जितमा रोमेलु लुकाकुले दुई गोल गरे । खेलको ३३ औं मिनेटमा लुकाकुको  गोलमार्फत युनाइटेडले अग्रता बनायो । 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको युनाइटेडका लागि ५२ औं मिनेटमा लुकाकुले नै दोस्रो गोल गरे । ६६ औं मिनेटमा क्रिस्टलका  लागि वार्डले गोल गर्दै अन्तर कम गरेका थिए ।

तर ८३ औं मिनेटमा एस्ले योङले अर्को गोल थप्दै टिमलाई तीन एकको जित दिलाए । जितसँगै युनाइटेड ५५ अंकका साथ शीर्ष चारको होडमा उभिएको छ । चेल्सी भने ५३ अंकसहित छैटौँ स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया