फाप्लु विमानस्थलको धावनमार्ग निर्माणको काम निर्धारित मिति अघि नै सकिने

 फागुन १६, २०७५ बिहिबार ११:१८:१४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – फाप्लु विमानस्थलको धावनमार्ग निर्माण  कार्य २ महिना भित्र सकिने भएको छ । २०७६ सालको साउन २४ भित्र सम्पन्न गर्ने सम्झौता भएको भए पनि ०७५ साल भित्रै सम्पन्न हुने आयोजनाले जनाएको छ ।

करिब ८ करोड ७८ लाख लागतमा काष्टमण्डप उमा एन्ड कम्पनी जेभि काठमाण्डौले निर्माण जिम्मा पाएको यो कामको अहिलेसम्म ८० प्रतिशत भन्दा बढि काम सकिएको आयोजनाले दाबी गरेको छ । १५ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि एक वर्ष भित्रै सक्ने लक्ष्यका साथ काम तीव्र गतिमा भइरहेको नेपाल नागरिक उड्ययन प्रधिकरणका एरोड्रम इन्जिनियर रत्नबहादुर श्रेष्ठले बताउनुभयो ।

धावन मार्गको लागि ५ करोड ७५ लाख तथा घेराबारका लागि ३ करोड ३ लाख रुपैयाँमा निर्धाणाधीन धावनमार्ग निर्माणको माटो कटिङ, फिलिङ, ग्रेड डाउन, सबबेस लगायतका काम सकिएर आरसीसी ढलानको चरणमा रहेको प्राधिकरणले जनाएको छ । विमानस्थल निर्माणपछि ४ ओटासम्म जहाज अटाउन सक्ने क्षमता रहेको इन्जिनियर श्रेष्ठले बताउनुभयो ।

अहिले २ ओटा मात्र जहाज अवतरण गर्न सक्ने क्षमता रहेको फाप्लु विमान स्थलमा धावन मार्ग निर्माण सकिएपछि विमान आकासमा होल्ड गरेर बस्नुपर्ने अवस्थाको अन्त्य हुने निगमले विश्वास लिएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया