सुनको भाउ घट्यो

 फागुन १६, २०७५ बिहिबार ११:२२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ६२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार पनि तोलामा २ सय रुपैयाँ नै घटेर सुन तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ७ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया