प्रतिनिधिसभाको बैठक स्थगित

 फागुन १६, २०७५ बिहिबार ११:४५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभाको आजको लागि बोलाइएको बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । 

शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले शोक प्रस्ताव पारित गर्नेछ । प्रतिनिधिसभा सदस्यसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हिजो ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको हो । 


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया