हेलिकप्टर दुर्घटना : दिवंगत मन्त्री अधिकारीसहित सबैको शव काठमाण्डौ ल्याइयो

 फागुन १६, २०७५ बिहिबार १३:३१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

ताप्लेजुङकाे सुकेटार विमानस्थलबाट शव लिएर उड्दै सेनाकाे हेलिकप्टर

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत डाइनेष्टी एयरको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएकाहरूको शव ल्याइपुर्‍याइएको छ । 

ताप्लेजुङको सुकेटार विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टरले सातै जनाको शव ल्याएको काठमाण्डौ ल्याएको हो । 

त्रिभुवन विमानस्थलबाट सबैको शव पोस्टमर्टम र परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङमा एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियाे ।

दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र  क्याप्टेन प्रभाकर केसीको निधन भएको हो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

2 Comments

  • Admin

    Feb. 28, 2019, 3:55 p.m.

    अत्ती दुखद समाचार

  •  0 Reply
  • Anish Lamichhane

    Feb. 28, 2019, 2:11 p.m.

    अत्ति नमज्जा लाग्यो सुन्दा /

  •  0 Reply

तपाईको प्रतिक्रिया