भारत–पाकिस्तान तनावको नेपालमा असर : नेपालबाट खाडी र युरोप जाने विमानको रुट आज पनि परिवर्तन

 फागुन १६, २०७५ बिहिबार १४:५०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालबाट यरोप र खाडी देश जाने विमानले आज पनि हिजो बदलिएको रुट प्रयोग गरिरहेका छन् । 

भारत र पाकिस्तानबीच जम्मू–कश्मीरमा भैरहेको तनावपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । त्यसको प्रभाव नेपालमा पनि परेको हो । नेपालबाट खाडी र युरोप जाने सबै विमानले पाकिस्तानको एयर स्पेस प्रयोग नगर्ने गरी उडान तालिका मिलाएका छन् । 

पहिले पाकिस्तानको हवाई क्षेत्र हुँदै उडान भर्ने कतार, फ्लाइ दुबई, टर्किस एअरलाइन्सलगायतका विमानले पाकिस्तानको हवाई क्षेत्र अर्थात एयर स्पेस प्रयोग गर्दै आएका थिए । 

तर पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गर्दा नेपालबाट खाडी देश र युरोप जाने सबै विमान  भारतकोे अहमदाबाद गएर त्यहाँबाट एल ३०१ रुट प्रयोग गदै गन्तव्यमा जाने विमानस्थल स्रोतले जनाएको छ । 

रुटमा भएको परिवर्तनको कारणले गर्दा विमान उडानमा केहि ढिलाई भएको र थप समस्या हुन नदिन काम भैरहेको विमानस्थलले जनाएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया