हेलिकप्टर दुर्घटना : श्रद्धाञ्जली कार्यक्रम शुक्रबार बिहान ८ बजेदेखि

 फागुन १६, २०७५ बिहिबार १६:२६:५७ | उज्यालो सहकर्मी

काठमाण्डौ – एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाकाे आज हुने भनिएकाे श्रद्धाञ्जली कार्यक्रम पाेष्टमार्टम नसकिएकाले शुक्रबार मात्रै हुने भएकाे छ । 

शवको पोस्टमर्टमकाे काम ‍आज नसकिने भएकाले आजका लागि तय भएकाे श्रद्धाञ्जली कार्यक्रम भाेलिका लागि सरेकाे हाे । श्रद्धाञ्जली कार्यक्रम भाेलि बिहान ८ बजेदेखि ११ बजेसम्म हुने जनाइएकाे छ ।

हेलिकप्टर दुर्घटना : सबै शवको पोस्टमर्टम र परीक्षण आजै नसकिने

बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङमा एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियाे ।

दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र  क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया