नेपालका ९ वटा ए डिभिजन फुटबल क्लबले पाए एएफसीकाे ‘क्लब लाइसेन्स’

 फागुन १६, २०७५ बिहिबार १८:३५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसियाली फुटबल महासंघ एएफसीले नेपालका ९ वटा ए डिभिजन क्लबलाई क्लब लाइसेन्स प्रदान गरेको छ ।

ए डिभिजन खेलेका १४ मध्ये ९ वटा क्लबलाई एएफसीले मान्यता दिएको हो । जसमा ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी, थ्रीस्टार, मछिन्द्र, हिमालयन शेर्पा, च्यासल युथ र संकटा क्लब  रहेका छन् ।

यसैगरी तीनवटै विभागीय क्लबहरु त्रिभुवन आर्मी, एपीएफ, नेपाल पुलिसले पनि एएफसीबाट लाइसेन्स पाएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीले आफ्ना सदस्य राष्ट्रका सबै क्लबहरुमा लाइसेन्स प्रणाली लागू गर्ने नीति लिएको छ । त्यसै अनुरुप नेपालका क्लबहरुलाई पनि प्रदान गरिएको हो ।

लाइसेन्स प्राप्त गर्न फिफाले बनाएका १७ वटा मापदण्ड पूरा गरेको हुनुपर्ने प्रावधान रहेको छ । फिफाले क्लबबाट खेलाडी खेलाउँदा खेलाडी र प्रशिक्षकसँग अनिवार्य सम्झौता गरेको हुुनपर्ने, टिमको अभ्यास मैदान हुुनुुपर्ने, हरेक टिमको आर्थिक विवरण सार्वजनिक गर्नुपर्ने, मिडिया म्यानेजर नियुक्त गरेको हुुनपर्ने लगायतका विषय प्रावधानमा राखिएको छ ।

ती प्रावधानहरु पूरा गरेकाले नेपालका ९ वटा क्लबले एएफसीबाट लाइसेन्स प्राप्त गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया