लामोसाँघु–जिरी सडकखण्ड सञ्चालनमा आयो

 फागुन १६, २०७५ बिहिबार १८:३६:१५ | उषा तामाङ
unn.prixa.net

दोलखा – खरिढुङ्गा क्षेत्रमा भारी हिमपात भएपछि अवरुद्ध बनेको लामोसाँघु–जिरी सडकखण्ड सञ्चालनमा आएको छ । 

भीमेश्वर नगरपालिका वडा नम्बर ९ स्थित खरिढुङ्गा आसपासमा भारी हिमपात भएपछि यो सडकखण्ड आज बिहानैदेखि अवरुद्ध थियो । 

यो सडकखण्ड हुँदै चरिकोटबाट काठमाण्डौका लागि २ वटा यात्रुवाहक बस छुटेको छ  भने काठमाण्डौबाट मैनापोखरी जिरीका लागि आएको बस सदरमुकाम चरिकोटमा आज दिउँसो करिब ३ बजे चरिकोट आइपुगेको थियो । 

पूर्ण रुपमा सञ्चालनमा नआए पनि सामान्य रुपमा सवारी साधन आवतजावत भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका ट्राफिक प्रहरी जवान जगदीश कार्कीले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: चैत १५, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया