फुलह्यामका प्रशिक्षक क्लाउडियो रानेरी बर्खास्त

 फागुन १७, २०७५ शुक्रबार ६:३९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग क्लब फुलह्यामले प्रशिक्षक क्लाउडियो रानेरीलाई बर्खास्त गरेको छ । प्रिमियर लिग अन्तर्गत बिहीबार साउथह्याम्टनसँग पनि पराजय भोगेपछि फुलह्याम यो निर्णयमा पुगेको हो ।

१०६ दिनअघि क्लब सम्हालेपछि रानेरीको प्रशिक्षणमा फुलह्यामले १६ मध्ये तीन खेलमात्र जित्न सक्यो । जसका कारण फुलह्याम प्रिमियर लिग तालिकको १९औं स्थानमा छ ।

६७ वर्षे रानेरीले सन् २०१६ मा लेस्टर सिटीलाई अविश्वशनीय रुपमा प्रिमियर लिगको उपाधि जिताएका थिए । तर त्यसपछिको सिजनमा राम्रो खेल्न नसक्दा नौ महिनापछि नै क्लबले बर्खास्त गर्‍याे । गएकाे नोभेम्बरमा स्लाभिया जोकानोभिचलाई बर्खास्त गरेर उनलाई नियुक्त गरिएको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया