पाकिस्तान सुपर लिग : कराँची किंग्सविरुद्धको खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

 फागुन १७, २०७५ शुक्रबार ६:५३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तान सुपर लिग अन्तर्गत कराँची किंग्सविरुद्धको खेलमा नेपाली बलर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । क्वेटा ग्लाडियटर्सविरुद्धको अघिल्लो खेलमा चार विकेट लिएर म्यान अफ द म्याच समेत बनेका सन्दीपले कराँची किंग्सविरुद्ध सुरुवातको दुई विकेट लिए ।

कराँचीविरुद्धको खेलमा तेस्रो ओभरमा आफ्नो पहिलो स्पेल लिएर आएका सन्दीपले अन्तिम बलमा ओपनर कोलिन मुन्रोलाई हरिस सोहिलको हातबाट क्याच आउट गरेका थिए । उनले लाहोरलाई पहिलो विकेट दिलाएका थिए । आफ्नो पहिलो ओभरमा सन्दीपले जम्मा दुई रन खर्चिए । 

त्यसपछि लगत्तै बलिङमा आएका सन्दीपले पाँचौं ओभरको तेस्रो बलमा बाबर अजमलाई बोल्ड गरे । बाबर अजम टि–२० वरियताका पहिलो नम्बरका खेलाडी हुन् भने मन्रो वरियता क्रमको दोस्रो स्थानमा छन् ।

त्यो ओभरमा सन्दीपले जम्मा एक रनमात्र खर्चिए । तेस्रो ओभरमा सन्दीपले प्रत्यक बलमा सिंगलमात्र दिए भने अन्तिम ओभरमा एक चौका सहित ८ रन दिए ।

चार ओभर बलिङ गर्दै सन्दीपले १७ रन दिए । 

खेलमा भने कराँची पाँच विकेटले विजयी भयो । लाहोरले पाँच विकेटको क्षतिमा बनाएको १३३ रन कराँचीले पाँच बल बाँकी छँदा पाँच विकेट गुमाएको पूरा गर्‍यो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया