रियल बेटिसलाई पराजित गर्दै भ्यालेन्सियाले पक्का गर्‍याे बार्सिलोनासँग उपाधि भिडन्त

 फागुन १७, २०७५ शुक्रबार ७:५२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

रियल बेटिसलाई समग्रमा ३–२ गोलअन्तरले पराजित गरेपछि भ्यालेन्सियाले स्पेनिस कोपा डेल रे मा बार्सिलोनासँगको उपाधि भिडन्त पक्का गरेको छ । पहिलो लेगमा २–२ गोलको बराबरी भए पनि घरेलु मैदानमा भएको दोस्रो लेगमा भ्यालेन्सियाका लागि रोनी रोड्रिगोले निर्णायक गोल गरे । 

पहिलो लेगमा अन्तिम समयमा बराबरी गोल फर्काएका केभिन गेमिरोको पासमा ५६औं मिनेटमा रोड्रिगोले गोल गरेका हुन् । चीर प्रतिस्पर्धि रियल मड्रिडलाई समग्रमा ४–१ गोलअन्तरले पछि पार्दै साविक विजेता बार्सिलोना यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।

सेमिफाइनलबाट बाहिरिएसँगै रियल बेटिसले आफ्नै मैदानमा हुन लागेको कोपा डेल रे फाइनल गुमाएको छ । बार्सिलोनाले कोपा डेल रे मा कीर्तिमान ३० उपाधि जितिसकेको छ । 

त्यस्तै पछिल्लो चार सिजन बार्सिलोना मात्र विजयी हुँदै आएको छ । यस सिजन महत्वपूर्ण तीन उपाधि जित्ने अवसर पनि बार्सिलोनाका लागि अझै जीवित छ ।

 

भ्यालेन्सियाले भने पछिल्लो पटक सन् २००८ मा कोपा डेल रेको उपाधि उचालेको थियो । तत्कालीन प्रशिक्षक रोनाल्ड कोम्यान र खेलाडीहरु डेभिड सिल्भा, जुहान माटा र डेभिड भियाका कारण त्यो सम्भव भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया