मन्त्री पुनका स्थास्थ्य अवस्था सामान्य, आजै घर फर्किने सम्भावना

 फागुन १७, २०७५ शुक्रबार ७:५८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अस्पताल भर्ना गरिएका ऊर्जा, जलस्रोत एवं सिंचाइमन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्थामा सुधार आएको छ । 

अचानक अस्वस्थ भएपछि हिजो बेलुका नर्भिक अस्पताल भर्ना गरिएका मन्त्री पुनको स्वास्थ्य अवस्था सुधार भएको र आजै डिस्चार्ज हुने सम्भावना रहेको उहाँका स्वकीय सचिव दुर्गा चापागाईंले जानकारी दिनुभयो ।

आज डाक्टरले थप परीक्षण गरेपछि यसबारे टुँगो लाग्ने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया