दिवंगत मन्त्री अधिकारीको श्रद्धाञ्जलीका लागि पाेखरामा तयारी

 फागुन १७, २०७५ शुक्रबार ११:३४:११ | सुमन गुरुङ
unn.prixa.net

कास्की – हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलीका लागि पोखरामा तयारी गरिएको छ । 

अधिकारीको शव शुक्रबार दिउँसो १२ देखि ४ बजे सम्म श्रद्धाञ्जलीका लागि राखिने गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

श्रद्धाञ्जलीपछि प्रदर्शनी केन्द्र नयाँबजारबाट सुरु हुने शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अन्त्येष्टि गरिनेछ । 

यसैबीच, नेकपा गण्डकीले फागुन १९ गते प्रदेशका सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको छ । प्रदेशका सबै पालिकाहरुमा २४ गतेसम्म शोक सभा गर्ने निर्णय नेकपाको निर्णय छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया