ब्राउनसुगरसहित नेपाली सेनाका मेजर पक्राउ

 असार १०, २०७५ आइतबार १०:३८:२५ | हेमराज शर्मा
unn.prixa.net

बाँके – लागु औषध ब्राउनसुगरसहित नेपाली सेनाका मेजर पक्राउ परेका छन् । नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीसहित अर्का एक जनालाई प्रहरीले बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीबाट नियन्त्रणमा लिएको छ । 

ढकेरीमा रहेको एक होटलमा बसिरहेका उनीहरुलाई ५४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिनुभयो ।  

शनिबार साँझ नेपाल प्रहरीको लागु औषध नियन्त्रण ईकाई र जिल्ला प्रहरी कार्यालयको टोलीले मेजर शाही र बाँके राप्ती सोनारीका रिम पौडेललाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आइतबार म्याद थपको तयारी भैरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिनुभयो । 

प्रहरी निरीक्षक बिष्टका अनुसार पक्राउ गरिएका शाही नेपाली सेनाको मेजर भएकोबारे कुनै आधिकारिक पुष्टि भएको छैन । उहाँले भन्नुभयो, ‘शाहीले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात देखाउनु भएको छैन ।’

लागु औषधसहित पक्राउ परेका व्यक्ति जो भए पनि कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँकेमा पछिल्लो समय लागु औषधको कारोबार बढ्दो क्रममा छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया