तुलसीपुरमा दिउँसै तरबार प्रहार, एक जना गम्भीर घाइते

 फागुन १७, २०७५ शुक्रबार १९:२७:२० | हेमराज शर्मा
unn.prixa.net

दाङ – तुलसीपुरमा शुक्रबार दिउँसो ३ बजेतिर एक युवामाथि अपरिचित समूहले तरबार प्रहार गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४, रक्षाचौर निवासी अन्दाजी २४ वर्षीय गणेश हमालमाथि तरबार प्रहार भएको हो ।

तरबार र खुकुरी प्रहारबाट हमालको टाउको, ढाड र खुट्टामा गहिरो घाउ लागेको छ । घाइते हमाललाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको छ ।

हमाल ट्याक्सी समितिका कर्मचारी पनि हुन् । तुलसीपुर-सल्यान रोडको नयाँ ट्याक्सी काउन्टरमा बसी रहेको समयमा चार/पाँच जनाको समूहमा आएका नचिनेका युवाहरुले उनीमाथि तरबार र खुकुरी प्रहार गरेका थिए ।

उनीहरु सबै मुखमा मास्क लगाएर आएको प्रत्यक्षदर्शीले बताएका छन् । हिँडेरै आएका उनीहरुले हमालमाथि आक्रमण गरेपछि भागेका थिए । खाजी गर्ने क्रममा फरार युवाहरुलाई प्रहरीले नियन्त्रणमा ल्याएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया