मेसिनबाटै दुना टपरी बनाउने तालिम

 फागुन १८, २०७५ शनिबार ६:५२:५१ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको सूर्योदय महिला विकास बचत तथा ऋण सहकारी सस्थाको आयोजना र सन्धिखर्क नगरपालिकाको सहयोगमा मेसिनद्वारा दुना टपरी खुट्ने तालिम सुरु भएको छ । 

पाँच दिनसम्म सञ्चालन हुने तालिम र दुना टपरी खुट्ने मेसिनको शुक्रबार एक कार्यक्रमका बीच सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसालले उद्धाटन गर्नु भएको छ । 

कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख भुसालले पलाष्टिकमुक्त मात्र हैन दुनाटपरीबाट महिलाहरुलाइ आत्मनिर्भर बनाउन तथा रोजगारी सिर्जना गर्न र  वातावरण प्रदूषण कम गर्न दुना टपरी बनाउने तालिमको आयोजना गरिएको बताउनु भयो । 

दुना टपरी बनाउने तालिमको सफल महिला उद्यमी रुक्मीण पराजुलीले सहजीकरण गर्नु भएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया