दार्चुला जीप दुर्घटनामा ज्यान गुमाउनेप्रति प्रधानमन्त्री ओलीले व्यक्त गरे श्रद्धाञ्जली

 फागुन १८, २०७५ शनिबार १२:५७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

दुर्घटनाग्रस्त जीप

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । 

उहाँले ट्वीटमार्फत दुर्घटनाका एकमात्र घाइते जीप चालकको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

शुक्रबार राति दार्चुलाको राताकाठामा भएको जीप दुर्घटनामा सात पुरुष, तीन महिला र एक बालिकाको मृत्यु भएको थियो ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया