पैसा लिएर सांसद बनाउने काम भएकाले इमान्दार राजनीति गर्नेहरुकाे अभाव छ : पूर्व राष्ट्रपति यादव

 फागुन १८, २०७५ शनिबार १३:४५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - पूर्व राष्ट्रपति डा. रामवरण यादवले देशमा इमान्दार नेताहरु नभएको दाबी गर्नु भएको छ । 

पूर्व राष्ट्रपति यादवले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, बीपी कोइरालाजस्ता नेताहरु कोही भए आफूलाई देखादिन पनि चुनौती दिनुभयो ।

शनिबार डिल्लीबजार बहुमुखी क्याम्पसको ३९ औंँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले ठेकेदार र पैसा लिएर सांसद बनाउने काम भैरहेकाले देशमा इमान्दार राजनीति गर्नेहरुको अभाव रहेको तर्क पनि गर्नुभयो । पूर्व राष्ट्रपति यादवले राजनीति ठिक नभएकाले देशको शैक्षिक क्षेत्रको पनि उचित विकास हुन नसकेको पनि स्पष्ट पार्नुभयो ।

पूर्व राष्ट्रपति यादवले देशको भूगोल सुहाउँदो शिक्षाको आवश्यक्तामा पनि जोड दिनु भयो । उहाँले विज्ञहरुको सुझाव लिएर मुलुकको शिक्षा क्षेत्रको उचित विकासमा सरकारले आवश्यक कदम चाल्नुपर्ने पनि बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया