डाक्टर भन्छन्: भरतमाेहन अधिकारीलाई बचाउन मुश्किल छ

 फागुन १८, २०७५ शनिबार १७:२५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै चिन्ताजनक रहेको डाक्टरहरुले बताएका छन् ।

३ हप्तादेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८४ वर्षीय नेता अधिकारीलाइ चिकित्सा विज्ञानका सबै सुत्र प्रयोग गर्दा पनि बचाउन मुश्किल देखिएको अस्पतालका डाक्टर हेमराज पनेरुले जानकारी दिनुभयो । अधिकारीको मुटु र फोक्सो सहित शरिरका सबै महत्वपूर्ण अंगले काम गर्न छाडेका छन् ।

उहाँले २५ घन्टादेखि पिसाब पनि नगरेको र कृत्रिम श्वास दिएर भेन्टिलेरमा राखिएको अस्पतालले जनाएको छ । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया