‘के यो माया हो’ काे म्यूजिक  भिडियोमा यस्ता देखिए माेडल समिर र रुस्बी

 फागुन १८, २०७५ शनिबार १८:५३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गायक कृष्ण बलामीको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

आफ्नै शब्द, लय र अनुप राईको संगीत संयोजन रहेको उनको ‘के यो माया हो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो । भिडियोमा नयाँ कलाकार समिर जंग केसी र रुस्बी प्रसाईको मुख्य भूमिका रहेको छ । 

समिर र रुस्बी दुवैकाे याे पहिलाे म्यूजिक भिडियाे हाे । समिर दशरथ रंगशालामा जिम्न्यास्टिक तथा मिक्स्ड मार्शल आर्टकाे प्रशिक्षणमा संलग्न छन् । साथै उनी एबीसीडी डान्स सेन्टरमा नृत्य पनि सिकिरहेका छन् ।

 रुस्बी भने सुपर माेडल सिजन-२ की उपाधि विजेता हुन् ।

म्यूजिक भिडियाेमा अभिनय गर्ने दुवै माेडलहरु किन नयाँ लिइयाे भन्ने प्रश्नमा निर्देशन रोशन दाहालले समिर र रुस्बी दुवै आ आफ्ना क्षेत्रमा अब्बल रहेकाे र भविष्यमा याे क्षेत्रमा राम्राे प्रगति गर्न सक्ने विश्वासका कारण म्यूजिक भिडियाेका लागि छानिएकाे बताउनुभयाे ।

‘के यो माया हो’ काे म्यूजिक भिडियाेमा अभिनय गर्न पाउँदा खुशी लागेकाे बताउँदै माेडल समिर जंग केसी भन्छन्, ‘याे भिडियाे छाेटाे फिल्म जस्तै छ । एक्शन, राेमान्स र एकतर्फी प्रेमकाे कथा समेटिएकाे याे म्यूजिक भिडियाेबाट अभिनय क्षेत्रमा पाइला राख्न पाउँदा म ज्यादै खुशी छु ।’

म्याजिक मशरुम मिडियाले उत्पादन गरेको यस गीतको निर्देशन रोशन दाहालले गरेका हुन्, भने द्वन्द्व निर्देशन पेमा दोर्जे लामाले गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • Krishna balami

    March 2, 2019, 8:56 p.m.

    Very nice

  •  0 Reply

तपाईको प्रतिक्रिया