चौथो झापा गोल्डकप: शनिबारकाे खेलमा झापा ११ विजयी

 फागुन १८, २०७५ शनिबार १९:५२:२५ | सुश्मा राजवंशी
unn.prixa.net

झापा - चौथो संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ ले विजयी सुरुवात गरेको  छ ।

झापाको डोमलाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाले सहारा क्लब पोखरालाई २–० ले हरायो । झापाको जितमा सन्जोग राई र विदेशी खेलाडी काजिन बुखारीले गोल गरे ।

प्रतियोगितामा भोली मोरङ ११ र शसस्त्र प्रहरीको एपीएफबीच खेल हुनेछ । आउँदो २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार रुपैयाँ र उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँ नगद सहित ट्रफी पाउनेछन् ।

अन्तिम अपडेट: चैत ९, २०८०

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया