निजामति ऐनको विरोध नगर्न सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितकाे चेतावनी

 फागुन १८, २०७५ शनिबार २०:१४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय निजामति ऐनको विरोध नगर्न चेतावनी दिनु भएको छ ।

संघीय निजामती ऐनको विरोध गर्दै सरकारी चिकित्सकहरुले नै अस्पतालको सेवा बहिष्कार गरिरहेका बेला मन्त्री पण्डितले त्यसो नगर्न सचेत गराउनु भएको हो । उहाँले शनिबार काठमाण्डाैमा भएको कार्यक्रममा मन्त्री संघीय संसदमा सर्वसम्मतिले पारित गरिएको ऐनलाई विरोध गर्न कसैले पनि नमिल्ने दावी समेत गर्नुभयो ।

हालसम्म ४८ हजार कर्मचारीलाई तीन वटै तहमा समायोजन गरिएको उल्लेख गर्दै मन्त्री पण्डितले अव कर्मचारी समायोजनको कामलाई छिट्टै पूर्णता दिने पनि दोहो¥याउनु भयो ।

मन्त्री पण्डितले सरकारले प्रदेश र स्थानीय सरकारलाई कमजोर बनाउन नचाहेको पनि स्पष्ट पार्नु भयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया