चीनका राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा हुन्छ : प्रधानमन्त्री ओली

 असार १०, २०७५ आइतबार १४:४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जीन पीङको नेपाल भ्रमण उपयुक्त समयमा हुने विश्वास व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीले आफूसँगको शिष्टाचार भेटमा नेपाल भ्रमण उपयुक्त समय गर्ने बताउनु भएको जानकारी गराउनुभयो । चीनको ६ दिने औपचारिक भ्रमण पूरा गरी आइतबार बिहान स्वदेश फर्कनु भएको उहाँले त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग चीनका राष्ट्रपति सीको नेपाल भ्रमण उपयुक्त समयमा हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति सीको  नेपाल भ्रमणको मिति दुवै मुलुकको सुविधालाई हेरेर तय हुने जानकारी गराउनुभयो । चीनका राष्ट्रपति सीले गएको बुधबार प्रधानमन्त्री ओलीसँग आफू नेपाल भ्रमणमा आउने बताउनु भएको थियो ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया