भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्येष्टि गरिने

 फागुन १९, २०७५ आइतबार १३:१०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएको छ ।

उहाँलाई नेपाल राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो । 

पशुपति आर्यघाटमा झण्डा ओढाउन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल जाने निधो भए पनि प्रधानमन्त्री जाने या नजाने विषयमा टुंगो नलागेको पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया