तनाव कम गर्न सौराहामा आराम गर्दै सभापति देउवा

 असार १०, २०७५ आइतबार १४:४६:२२ | रासस

चितवन –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहनुभएको छ । 

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलामा पार्टी नेतृत्वको तिब्र आलोचना भएपछि देउवा तनाव कम गर्न सौराहा पुग्नुभएको हो । उहाँ गतएको शुक्रबारदेखि सौराहामा रहेको होटल सेभेन स्टारमा बसिरहनुभएको छ । उहाँका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उहाँले भेटघाट गर्नुभएको छैन । 

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा रहनुभएका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिरहनुभएको बताइएको छ । प्रदेश सांसद मिलनबाबु श्रेष्ठका अनुसार देउवा आराम गर्नकै लागि सौराहामा रहनुभएको हो । 

शनिबार काठमाडौँ फर्किने भनिए पनि उहाँ काठमाडौं फर्किनुभएको छैन । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया