बाँकेमा क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

 फागुन १९, २०७५ आइतबार १९:१४:३३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके –  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अविनाश बोहरा र अमरसिंह रौतेलालाई आइतबार नेपालगञ्जमा सम्मान गरिएको छ ।

जेएमसी नेपालगञ्ज नगर क्रिकेट क्लबले आयोजना गरेको कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले खेलाडीद्धय बोहरा र रौतेलालाई सम्मान गर्नुभयो ।  

अविनाशलाई नगद २१ हजार र रौतेलालाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

रौतेला प्रदेश ५ हुँदै हाल सशस्त्र प्रहरीको एपीएफबाट खेल्दै आएका छन्  । यसैगरी कार्यक्रममा राष्ट्रिय टोलीका सदस्य बोहरालाई 'जेएमसी आइस' पानीको ब्राण्ड एम्बेष्डर घोषणा गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया