प्रदेश सरकारले प्रादेशिक महिला सम्मेलन गर्दै: महिला मैत्री नीति निर्माणमा सहज हुने

 फागुन १९, २०७५ आइतबार १८:४१:५५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - विराटनगरमा पहिलो पटक प्रादेशिक महिला सम्मेलन हुने भएको छ ।

प्रदेश १ सरकारले १०९ औ अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरमा प्रादेशिक महिला सम्मेलन हुन लागेको हो ।  

लैंगिक समानताका लागि समान सोच र व्यवहार, समृद्धिको आधार भन्ने मूल नाराका साथ प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आयोजनामा प्रादेशिक महिला सम्मेलनको तयारी तीव्र पारिएको हो ।  

आइतबार  सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी महिला सम्मेलनमा करिब ५ सय महिला सहभागी गराउने जनाएको हो ।

सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले प्रदेशको पूर्व निर्धारित बजेट तथा कार्यक्रम अनुसारको सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो।

उहाँले प्रदेश सरकारले पहिलो पटक  १३७ पालिकाका महिला प्रमुख तथा उपप्रमुख, १४ जिल्ला समन्वय समितीका महिला प्रमुख तथा उप प्रमुख, १३७ वटै पालिकाका कार्यपालिका १ जनाका दरले महिला सदस्य, प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु सम्मेलनमा सहभागी हुने बताउनुभयो ।

यही फागुन २१ र २२ गते बिराटनगरमा हुने सम्मेलनको लागि करिब १५ लाख खर्च हुने अनुमान मन्त्रालयले गरेको छ ।

मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले विषयगत बिशेषज्ञहरु बिच छलफल हुने र प्रदेश १ले महिला मैत्री निति तर्जुमा तथा आगामी दिनमा गर्ने कामको बारेमा घोषणा पत्र जारी गरी कार्यान्वयनमा लैजाने तयारीका लागि सम्मेलन आयोजना गर्न लागिएको बताउन भयो ।  ।

सम्मेलनमा प्रदेश १ दका महिलाको अवस्था एवं सवालहरुको पहिचान गर्दै  लैगिंक नीति तर्जुमाका लागी सुझाव प्राप्त हुने,  गर्ने । पालीकाहरुमा महिला सशक्तीकरण र लैंगिक मूलप्रवाहिकरणका लागि सहकार्य र समन्वयको खाका तयार गर्ने,महिला माथि हुने हिंसा अन्त्यका लागि प्रादेशिक नीति तथा कार्ययोजना निर्माण गर्न साझा प्रतिवद्धता प्राप्त गर्ने उदेश्य सम्मेलनको रहेको छ ।

भर्खरै लागू भएको मुलुकी अपराध संहिता र देवानी संहिता २०७४ मा महिला हक अधिकारसम्बन्धी मुख्यमुख्य प्रावधानहरु र प्रदेशले घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ सम्बन्धी जानकारी गराउने  समेत प्रदेश सरकारको तयारी छ ।

समृद्ध प्रदेशको लक्ष्यलाई मूर्त रुप दिन महिला सशक्तीकरण अनिवार्य रहेको भन्दै प्रदेश सरकारले  प्रदेशमा महिलाको कुल २३ लाख ६८ हजार ४ सय ७ संख्या रहेको जानकारी दिँदै  प्रदेशमा महिलाको आर्थिक, सामाजिक र राजनैतिक विकासको माध्यमबाट सबल र सक्षम महिला उत्पादन गरी सशक्तीकरण गर्नु अपरिहार्य रहेको महाशाखा प्रमुख भण्डारीले जानकारी दिनुभयो । 



 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया