शिशु हत्या आरोपित एक जाेडी प्रेमी-प्रेमिकालाई कैद फैसला

 फागुन १९, २०७५ आइतबार २०:२७:५७ | सन्तोष थापा
unn.prixa.net

सन्तोष थापा - अवैध गर्भ धारण गरी शिशुलाई जन्मिनेबित्तिकै हत्या गरेको आरोपमा पर्वत जिल्ला अदालतले एक जाेडी प्रेमिप्रेमिकालाई सजाय सुनाएको छ ।

गएकाे १८ भदौमा आफ्नै घरमा शिशुलाई जन्म दिएर हत्या गरेको आरोप ठहर गरी अदालतले १७ बर्षिया ‘बालिका आमा’ लाई १२ बर्ष ६ महिना सुधार गृहमा राख्ने गरी सजाय दिलाएको छ भने पर्वत जिल्ला फलेवास नगरपालिका १० कुर्घाका २५ बर्षिय मनबहादुर मल्ललाई ६ बर्ष कैद सजायको फैसला सुनाएको हो ।

छिमेकीहरुले नहरमा मृत अवस्थामा शिशुको शव भेटेपछि १९ भदौमा प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अनुसन्धानका क्रममा दुवै प्रेमीप्रेमिकालाई २० भदौमा नियन्त्रणमा लिएको थियो ।

कर्तव्य ज्यान मुद्धा अन्तर्गत गत १५ असोजमा पर्वत जिल्ला अदालतले जन्म दिने बालिकालाई सुधारगृह र मल्ललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको थियो भने १५ फागुनमा भएको फैसलाले उक्त सजाय सुनाएको हो । 

लामो समयसम्म प्रेमिप्रेमिका रहेका उनीहरुबीच अवैध सम्बन्धबाट उक्त शिशुको जन्म भएको थियो । मल्ल पर्वत जिल्ला कारागार चलान भएका छन् भने शिशुलाई जन्म दिने १७ वर्षीया ‘बालिका आमा’ लाई सुधार गृह भक्तपुरमा पठाइएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया