जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
सुर्खेत - कर्णाली रारा पर्यटन वर्षको उद्घाटन कार्यक्रममा अनियमितता भएको पाइएको छ ।
कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रममा सार्वजनिक लेखा समितिले गरेको छानबिनको क्रममा अनियमिता भएको पाइएको बताएको छ ।
उद्घाटन कार्यक्रममा ४६ लाख रुपैँया खर्च गर्न अख्तियारी दिइए पनि त्यसको दोब्बर खर्च भएको समितिले जनाएको छ । लेखा समितिले छानबिनका लागि सदस्य करविर शाहीको संयोजक्त्वमा छानबिन समिति गठन गरेको थियो ।
लागत अनुमानबिना नै मन्त्रालयलाई खर्च गर्न दिइएको, कतिपय मन्त्रालयहरुले तोकिएको रकमभन्दा दोब्बर खर्च गरेको पाइएको उपसमितिका करविर शाहीले जानकारी दिनुभयो ।
यस्तै सरकारले संसदमा प्रस्तुत गरेको खर्च, छानबिन समितिलाई उपलब्ध गराएको खर्च विवरण र महालेखा परीक्षकको प्रतिवेदनमा फरक खर्च विवरण देखिएको छ । सरकारले सदनमा उपलब्ध गराएको ४९ लाख ४१ हजार ७ सय ९५ रुपैँया खर्च विवरण रहेको छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा ८७ लाख १८ हजार ९ सय ७३ रुपैयाँ ७९ पैसा खर्च भएको देखाएको छ भने लेखा समितितिलाई बुझाइएको खर्चविवरणमा ७८ लाख १४ हजार ६ सय ५८ रुपैँया ५६ पैसा रहेको छ ।
फरक फरक विवरण उल्लेख गरिनु र सार्वजनिक खरिद ऐन विपरित खर्च गर्नुले सहजै अनियमिता भएको पुष्टी भएको उपसमितिले बताएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संसदमा प्रस्तुत गरेको ४९ लाख ४१ हजार ७ सय ९५ रुपैँया खर्चलाई आधिकारिक खर्च विवरण मान्ने पनि समितिले निष्कर्ष निकालेको छ ।
गएकाे वैशाख १ गते रारामा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटन गर्नुभएको थियो ।