नेपालमा लगानीको वातावरण र अवस्था अध्ययन गर्न युएईले प्रतिनिधि मण्डल नेपाल पठायो

 असार १०, २०७५ आइतबार १७:५६:४४ | उमाकान्त पाण्डे

युएई – नेपालमा लगानीको वातावरण र अवस्थाबारे अध्ययन गर्न युएईले प्रतिनिधि मण्डल नेपाल पठाएको छ । 

युएई सरकारको बिशेष प्रतिनिधिको रुपमा सचिव स्तरीय प्रतिनिधि टोली आइतबार नेपाल गएको हो । परराष्ट्र मन्त्रालय, नेपाली दूतावास आबुधाबी र युएई सरकारको समन्वयमा टोली नेपाल गएको हो । 

नेपालमा स्वास्थ्य, विद्युत, रेल तथा यातायात लगायत अन्य क्षेत्रमा लगानीका सम्भावना बारे अध्ययन गरी लगानी प्रस्ताव गर्न युएईले चासो देखाएर प्रतिनिधि मण्डल पठाएको  दूतावासले जनाएको छ । 

युएईबाट गएको टोलीमा नेपाली बिजनेस काउन्सिल दुवईका अध्यक्ष डा.आसिफ अलि सिद्दिकी समेत सहभागी भएको काउन्सिलका महासचिव दिपकराज पौडेलले जानकारी दिनुभयो ।

टोलीले नेपाल र युएईबीचमा ब्यावसायिक लगानीको सम्भाव्यता अध्ययन गरेर काम सुरु गर्ने छ ।  टोलीले दुई दिनसम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेको नेतृत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम तय भएको र  त्यसको कार्यतालिका परराष्ट्र मन्त्रालय तथा नेपालमा रहेको युएई दूतावासले व्यवस्थापन गर्ने छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया