भूकम्पले भत्किएका मध्ये अझै आधा घर बन्न बाँकी

बनिसकेका र बन्दै गरेका घर ६ लाख पुगेको प्राधिकरणको दावी

 फागुन २१, २०७५ मंगलबार १०:१९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भूकम्पले भत्किएका मध्ये अझै आधाजसो घर बन्न सकेका छैनन् । झण्डै ४ लाख ३३ हजारको संख्यामा घर बन्न बाँकी रहेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्याङकमा ८ लाख १२ हजार ३ सय लाभग्राही छन् ।

तर अहिलेसम्म झण्डै ३ लाख ७८ हजार ८ सयले तेस्रो किस्ताको अनुदान रकम बुझेका छन् । तेस्रो किस्ता लिएका घरलाई बनिसकेको सूचीमा राख्न सकिन्छ । बनिसकेका र अहिले जग बसालेर बनाउन सुरु गरेका घरको संख्या ६ लाख पुगेको प्राधिकरणको दावी छ ।

घरको जग बसालेर अनुदानको दोस्रो र तेस्रो किस्ता लिने घरधनी थपिदै गएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो । भूकम्पबाट घर भत्केका कुनै पनि प्रभावित अनुदानबाट बञ्चित नहुने तर आउँदो असार मसान्तभित्र अनुदान लिइसक्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया