अमेरिकी डलरसहित रियाल, रिंगिट र दिर्हामको भाउ स्थिर, कुवेती दिनार केही पैसा घट्यो

 फागुन २१, २०७५ मंगलबार १०:४२:२२ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र बहराइन दिनारको भाउ घटबढ भएको छैन । कुवेती दिनारको भाउ केही पैसा घटेको छ भने कोरियन वन केही पैसा बढेको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ १६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७६ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा तोकिएको छ ।

 यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा छ । 

यस्तै आज मंगलबार कुवेती दिनारको भाउ भने केही पैसा घटेको छ । दिनार १ को खरिददर ३७२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५७ पैसा तोकिएको छ । हिजो खरिददर ३७२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७४ रुपैयाँ ८८ पैसा तोकिएको थियो ।

 बहराइन दिनार १ को खरिददर ३ सय १५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७४ पैसा छ । मंगलबार कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा रहेको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया