तेह्रथुममा आगलागीमा परेर छोरीको ज्यान गयो, आमा घाइते

 फागुन २१, २०७५ मंगलबार १०:४५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – छथर गाउँपालिका–२ मा आगलागी हुँदा एक किशोरीको ज्यान गएको छ भने उनकी आमा घाइते भएकी छिन् । 

स्थानीय राममाया कार्कीको घरमा बिहान ६ बजेतिर आगलागी हुँदा २० वर्षकी सम्झनाको जलेर ज्यान गएको प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिनुभयो । घाइते राममायाको धरानमा उपचार भइरहेको छ ।

काठले बनेको २ तले घरमा टुकीबाट आगो सल्किएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट  १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया