चार आयोगका अध्यक्षको नाम अनुमोदन

 फागुन २१, २०७५ मंगलबार १४:५९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसदीय सुनुवाइ विशेष समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । 

संसदीय सुनुवाइ विशेष समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

संवैधानिक परिषद्ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पूर्वसचिव बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा पूर्वसचिव शान्तराज सुवेदी, मधेशी आयोगमा डा. विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीलाई अध्यक्षका लागि नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो । समितिको बैठकमा सिफारिस भएका सबैसँग आयोग सञ्चालनको अवधारणा र कार्ययोजनाबारे जानकारी लिएपछि चारै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो।

संसदीय सुनुवाइ विशेष समितिको पछिल्ला बैठकहरु प्रतिपक्षी दलले बहिस्कार गर्दै आएको छ। संवैधानिक परिषद्को बैठकले प्रमुख प्रतिपक्षी दलको अनुपस्थितिमा विभिन्न आयोगका पदाधिकारीको नाम सिफारिस गरेको भन्दै सुनुवाइ समितिमा नेपाली कांग्रेसका तर्फबाट सदस्य रहेका सांसदहरुले  बहिस्कार गरेका हुन्।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया