गुल्मीमा दुई दिन अघि फेला परेकाे बेवारिसे शवकाे पहिचान खुल्याे

 फागुन २१, २०७५ मंगलबार १६:१४:४७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा दुई दिन अगाडि फेला परेकाे शवकाे पहिचान खुलेकाे छ । 

जिल्ला प्रहरी कार्यालय गुल्मीले बेवारिसे शवको पहिचान भएकाे बताएकाे छ । शव गुल्मी जिल्लाको इस्मा गाउँपालिका-६,अमरपुरका ३५ वर्षीय खड्ग बहादुर बोहराकाे भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले बताउनुभयाे ।

बोहराको शवलाई प्रहरीले रेसुङ्गा नगरपालिका३, भाँडगाउँको बेहोरेमा रहेको जंगलमा सडेको अवस्थामा आइतबार फेला पारेका थिए ।

बोहोरा गएकाे फागुन २ गते बुटवलबाट आफ्ना आफन्तहरुलाई भेटेर घर जान्छु भनी फर्किएका र त्यसपछि परिवारसँग सम्पर्कमा नआएका मृतकका दाजु तेजबहादुर बोहराले बताउनुभयाे । 

गुल्मी अस्पतालकाे शवघरमा बेवारिसे शव राखिएको छ भन्ने कुरा उनका आफन्तहरुले थाहा पाएपछि कसकाे रहेछ भनेर हेर्न आउँदा पाइन्ट र खुट्टाको प्रकृति हेरेर खड्ग बहादुर बाेहरा नै हाे भनेर पहिचान गरेको प्रहरीले जनाएकाे छ ।

स्थानीयहरु गाई चराउन जंगलमा जाने क्रमा धेरै दुर्गन्ध फैलिएकाेले हेर्न जाँदा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया