राष्ट्रपति भण्डारी आउँदाे आइतबार अमेरिका भ्रमणमा जाँदै

 फागुन २१, २०७५ मंगलबार १७:१४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जानुहुने भएको छ । 

राष्ट्रपति भण्डारी 'कमिशन अन द स्टेटस अफ विमिन'को ६३ औं संस्करणमा भाग लिन आगामी फागुन २६ गते आइतबार अमेरिकाको न्यूयाेर्क जान लाग्नुभएकाे हो ।

मंगलबार पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राष्ट्रपति भण्डारीको यस भ्रमण दलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्कीलगायत सहभागी हुने जानकारी पनि दिनुभयो ।

यस संस्करणलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । मार्च ११ देखि २२ सम्म न्यूयोर्कमा याे कार्यक्रम आयोजना गरिएको छ ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया