पत्रकार महासंघका अध्यक्ष चिन्तन कारागार चलान

 असार १०, २०७५ आइतबार १८:१७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पश्चिम – श्रमशोषण र जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश बिक ‘चिन्तन’लाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

आइतबार जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधिश काजिबहादुर राईको इजलासले चिन्तनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । आदेश लगत्तै उनलाई कारागार चलान गरेको प्रहरीले जनाएको छ । 

पत्रकार महासंघमा कार्यालय सहयोगीको रुपमा कार्यरत २४ वर्षकी युवतीलाई जबरजस्ती करणी गरेको र तलब पनि नदिएको उजुरी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा परेपछि गएको जेठ २२ गते अध्यक्ष चिन्तन पक्राउ परेका थिए । 

युवतीले दिएको जाहेरीमा विभिन्न प्रलोभनमा पारी पटक–पटक यौन शोषण गरेको, तलब माग्दा धम्की दिने गरेको लगायतका आरोप चिन्तनमाथि लागेका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

2 Comments

  • Bhim

    June 24, 2018, 8:15 p.m.

    aru Kehi hona Kam garne patrakaar bhanda kasari luki chhipi paisa kamane bhanne patrakar badhna lagi sakyo. Aruko kasari galti bhetinghcha or nabhayeko galti lai pani paisa nadiye ko khanda katile ta kharab news lekhidela. tyasaile yasto kura lai dhyaan nadine ho bhane patrakar profession nepal ko government karmachaari lai kasaile ejat nagare jasto patrakar lai pani eejat nagarna sakchha.

  •  0 Reply
  • jhapali nirdoshi

    June 24, 2018, 6:44 p.m.

    आज भोलि सबै पत्रकार लाइ किन यस्तो भएको कोइ बलात्कारी कोइ भस्ट्रचारी को अभियोग का हुन असल पत्रकारिता गर्न सकिदैन भने पोजिसन होल्ड नगर्नु होला महोदय यसैमा पत्रकार महोदयको फाइदा छ

  •  0 Reply

तपाईको प्रतिक्रिया